बिहीबार, चैत ५, २०८२

‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’

मेरोन्यूज २०८१ पुष १९ गते १९:३६

महोत्तरी। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आज यहाँको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्मित छात्रावास भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन आधारभूत तहकै शिक्षामा योजनाबद्ध काम थाल्नु पर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।

राज्यले उपल्लो तहको शिक्षामा बढी लगानी गरेपनि आधारभूत र माध्यमिक तहमा राम्रो हुन नसक्दा अपेक्षित उपलब्धि हासिल नभएको उनले उल्लेख गरे ।

छायाँ नेपाल नामक संस्थाले दृष्टिविहीन छात्रछात्राका लागि आठ कोठाको दुई तले भवन रु ९९ लाख ३७ हजार लागतमा निर्माण गरी आज विद्यालयलाई हस्तान्तरण गरेको हो । यस विद्यालयको दृष्टिविहीन छात्रवासमा हाल १९ जना छात्रछात्रा छन् ।

प्रतिक्रिया