पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने

मुम्बइ । पुष्प २ः द रूल विश्वभरका थिएटरहरूमा ठूलो दौड भइरहेको छ।
गत वर्ष रिलिज भएको अल्लु अर्जुनको यो फिल्मले पनि रेकर्ड तोडेर कमाई गरिसकेको छ, यसको मतलव हो कि पुष्पाः २ लाई सबैले मन पराएका छन् ।
योसँगै ओटीटीमा रिलिज हुने प्रतिक्षामा रहेका दर्शकहरुका लागि ठूलो खबर आएको छ । ओटिटीमा कहिले र कुन दिन पुष्पा २ः द रूल रिलिज हुने भन्ने सार्वजनिक भएको छ, जसले ओटीटी दर्शकको उत्साह बढाउन सक्छ ।
पुष्पा २ः द रूलले विश्वव्यापी बक्स अफिसमा १८ सय करोड भारतीय रुपैयाँ कमाएको छ, जसबाट अझ थप कमाइ हुने अपेक्षा गरिएको छ । भर्खरै पुष्पा २ः द रूलका निर्माताले फिल्म कम्तिमा ५६ दिन ओटीटीमा रिलिज नहुने पुष्टि गरेका थिए।
यस्तो अवस्थामा जनवरी २५ मा पुष्पा २ः द रूलको पनि ५६ दिन पूरा हुनेछ । यसपछि अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ३० जनवरी २०२५ मा सबै प्रमुख भारतीय भाषाहरूमा नेटफ्लिक्समा रिलिज हुने स्रोतहरूले बताएका छन् ।
यद्यपी निर्माताका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । माइथ्री मुभि मेकर्सको उच्च बजेटको यो फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल, राव रमेश, जगपति बाबु, सुनील र अनसूया भारद्वाजजस्ता कलाकार मुख्य भूमिकामा रहेका छन्।












कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया