बाल हिंसा विरुद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समूहको अध्यक्षमा ऋतु निर्वाचित
मेरोन्यूज
२०८१ पुष २१ गते १९:४७

काठमाडौं । बाल अधिकार अभियन्ता ऋतु भट्ट राई “बाल हिंसा विरुद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समूह”को अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।
बाल हिंसा विरुद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समूहको राजधानीमा आयोजित १२ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेसनबाट उनी अध्यक्ष पदका लागि र सह अध्यक्ष नरेन्द्र डंगोल निर्वाचित भएका हुन् ।
बाल अधिकारकर्मी ऋतु भट्ट राईले विशेष गरी बालबालिकाको हितका विविध कार्यक्रमसहित बाल श्रम निवारणका लागि पैरवी गर्दै आएकी छन् ।
बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा क्रियाशील १६ वटा राष्ट्रिय सञ्जालहरुको साझा मञ्च तथा समन्वय समुह राष्ट्रिय कार्य समन्वय समुहको यस अघि किरण थापा अध्यक्ष थिए ।
समुहले विकास साझेदार सङ् संस्थाको समेत सहयोगमा नेपाली बालबालिकाको हक अधिकारका लागि काम गर्दै आएको छ ।
सम्बन्धित










सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया