आइतबार, वैशाख २१, २०८२

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०८१ पुष २२ गते १४:२८

सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हरिहरपुरगढी गाउँपालिका-२ जखौलीस्थित सडकमा ना.३ च ५९७६ नम्बरको बोलेरो अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने २० वर्षीय कैलाश राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ ।

प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया