‘प्रजातन्त्र सेनानीको सक्रियताले नेपालमा परिवर्तन सम्भव’

महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रजातन्त्र सेनानीको सक्रियताका कारण नेपालमा परिवर्तन सम्भव भएको बताएका छन् । नेपाली जनताले आजसम्म जे जति अधिकार प्राप्त गरेका छन् त्यसमा प्रजातन्त्र सेनानीको भूमिका रहेकोे उनले उल्लेख गरे।
जनकपुरधाममा आज नेपाल प्रजातन्त्र सेनानी सङ्घ मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता निधिले राणा शासनलाई समाप्त पारेर संवैधानिक राजतन्त्र र संसदीय प्रणाली ल्याइएको बताए। निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रणाली स्थापनामा प्रजातन्त्र सेनानीहरुको सक्रिय, सजग, दूरदर्शी र नेतृत्वदायी भूमिका रहेको नेता निधिले बताए।
“प्रजातन्त्र सेनानीको सक्रिय भूमिकाबिना नेपालमा परिवर्तन सम्भव थिएन,” उनले भने। प्रजातन्त्र सेनानीहरु क्रान्तिकारी, आन्दोलनकारी र सङ्घर्षशील हुने गरेको तथा परिवर्तनको पक्षमा काम गर्दैआएको उनको भनाइ थियो । सरकारले प्रजातन्त्र सेनानीको पक्षमा एउटा आयोग गठन गर्नुपर्ने नेता निधिले बताए।
“पुरानो पुस्ताका बारेमा थोरै पनि जानकारी राख्न सक्यौँ भने आफ्नो भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ । भावी पुस्तालाई पूर्वजहरुको इतिहास हस्तान्तरण नगरिए प्रजातन्त्र सेनानीको उपलब्धिबारे कसैले कुनै चासो र चिन्ता व्यक्त गर्दैनन,” उनले भने। नेता निधिले वर्तमान संविधानका कतिपय विषयमा संशोधनको आवश्यकता रहेको बताए । कांग्रेसकै अग्रसरतामा संविधानको कार्यान्वयन हुनुपर्ने उनले उल्लेख गरे ।
“सङ्घीयतालाई दिगो र सबल बनाउन केन्द्रीय मानसिकता हटाएर संविधानको अनुसूचीअनुसार प्रदेश र स्थानीय तहले आफ्नो अधिकारको प्रयोग गर्न पाउनुपर्छ, सातै प्रदेशमा सङ्घीय संरचनाअनुसार प्रदेशले प्रदेश प्रहरी तत्काल राख्न पाउनुपर्छ,” नेता निधिले भने।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया