बुलेट प्रुफ बनाइयो सलमान खानको बाल्कोनी र झ्याल

मुम्बइ। सलमान खानको घरमा बुलेट प्रुफ पर्खाल बनाइएको छ ।
गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाए पछि उनको सुरक्षा चिन्ता बढीरहेको बेला यो कार्य गरिएको हो ।
सो घटना पछि सलमानको घरमा सुरक्षा बढाइएको थियो । सोही क्रममा अहिले उनीहरुको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएको हो ।
सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि पुनर्निमार्णको काम चलिरहेको थियो । अहिले अपार्टमेन्टको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ गिलास देखिएका छन् ।
एनडीटीभीका अनुसार सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको हो । घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ ।
सलमान खान ग्यालेक्सी अपार्टमेन्टको भुईं फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा यस अपार्टमेन्टको पहिलो तल्लामा बस्दै आएका छन् ।
८ महिनाअघि गत अप्रिल १४ मा बिहान ५ बजे सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर भएको थियो । गोली चलाउने घरबाहिर राखिएको सिसिटिभी क्यामेरामा कैदसमेत भएका थिए । गोलीबारी सोही पर्खालमा भएको थियो, जहाँबाट केही टाढा सलमानको बालकनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउने गर्छन्।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया