नक्कली नोटको कारोबार गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १२ गते १२:५८

ललितपुर । प्रहरीले महालक्ष्मी नगरपालिका-१ ईमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट ५ थान सहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका-७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त ठाउँमा नक्कली पैसाको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा ग्वार्खोबाट ईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर तलासी गर्दा उक्त नक्कली नोट सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
साथै उनको साथबाट सक्कली नोट जस्तो देखिने ५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका रावत उपर जिल्ला अदालत ललितपुरबाट मुद्रा सम्बन्धी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया