सल्यानमा ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु
मेरोन्यूज
२०८१ पुष २४ गते १२:०६

काठमाडौँ । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार छत्रेस्वरी गाउँपालिका-१ भालुमारेदेखि मैयनीतर्फ कम्पोष्ट मल बोकेर जाँदै गरेको लु.प्र. ०२०० त ००१२ ट्रयाक्टर बिहान साढे आठ मा उछिट्टेगौरामा पल्टिँदा छत्रेस्वरी गाउँपालिकाकै ४९ का क्षेत्रबहादुर खत्रीको मृत्यु भएको हो ।
सुन्तला बगैँचामा हाल्न मल ल्याउँदै गरेको बेलामा ट्रयाक्टर पल्टिँदा उनलाई ट्रलीले च्यापिएका थिए । सोही घटनास्थलमै खत्रीको मृत्यु भएको हो । हाल मृतकको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
चालक बाग्चौर नगरपालिका ९ बस्ने वर्ष ३५ का सुरेश चन्द फरार रहेका र उनको खोजी भइरहेको छ ।
सम्बन्धित

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया