स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा
मेरोन्यूज
२०८१ पुष २४ गते १२:३३

काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार दुई जना रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ । प्रहरीका अनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन ।
गलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया