नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय

गण्डकी । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका-३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो ।
नयाँ छात्रावास भवन एक सय विद्यार्थी क्षमताको पाँचतल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको आवासका रूपमा प्रयोग गर्ने योजना रहेको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण अघि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट प्रालिसँग ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा.दीपकबहादुर भण्डारी र पेस कन्सल्टेन्टका प्रबन्ध निर्देशक इञ्जिनियर विष्णुप्रसाद खनालले उपकुलपति प्रा डा.बेदराज केसीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेको सूचना अधिकारी ढकालले जानकारी दिए ।
सम्झौताअनुसार छात्रावास भवनको डिजाइन फागुनभित्र तयार पार्ने जनाइएको छ । परामर्शदाताले छात्रावाससँगै भौतिक संरचना (आन्तरिक सडक, पैदलमार्ग, ढल, बगैँचा र पार्किङ) को विस्तृत वास्तुकलात्मक तथा इन्जिनियरिङ डिजाइन तयार गर्नेछन् । सम्झौताको कूल रकम रु १७ लाख ८८ हजार दुई सय २५ रहेको विश्वविद्यालयले जनाएको छ ।
















मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया