लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई धरौटीमा छाड्न आदेश
मेरोन्यूज
२०८१ पुष २४ गते १७:५३

विराटनगर । सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।
अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया