एमाले कहाँ छ भन्नेहरुलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिए पछि थाहा हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेरास्ववियुलाई आग्रह गरेका छन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैशाखी नटेकी आफै दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गरेका छन ।
अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान भएर अगाडि बढ्न र महान् सफलता हासिल गर्न शुभकामनासमेत दिए ।
नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै उहाँले प्रजातन्त्र स्थापना पहिले गङ्गालालले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन दिनुुभएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गरेका छन ।
अध्यक्ष ओलीले त्यही बिउ फुकेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्तिको निर्माणको दिशामा अग्रसर भएको जनाउँदै मार्छौँ र सिध्याउँदै भन्नेहरुलाई पनि आफूहरुले जनमतमा पहिलो शक्ति भएर देखाइदिएकोसमेत बताए ।
“खै एमाले, कहाँ छ एमाले भन्नेहरुलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ,”, अध्यक्ष ओलीले भने, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र संघर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्ति पूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ । म साथीहरुलाई राम्रो काममा एग्रेसिभ्ली लाग्न आग्रह गर्दछु ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गरेका थिए । कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्दै भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुन सक्ने समेत बताए ।
कार्यक्रममा अनेरास्ववियुका पूर्व अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरुको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरुमा स्ववियु निर्वाचन हुँदैछ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया