लेखा समिति सभापतिका स्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न अनुमति

विराटनगर। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् ।
जिल्ला अदालत मोरङले उनलाइ पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय मोरङलाइ अनुमति दिएको हो ।
एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा आजै पोखरेल पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय, मोरङले अदालतमा लगे पछि उनलाइ हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाइ जिम्मेवारीवाट बर्खास्तसमेत गरेका थिए ।
पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उन त्यसपछि फरार रहदैँ आएका थिए ।













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया