रवि सडकमार्ग हुँदै काठमाडौं आउँदै
मेरोन्यूज
२०८१ पुष २६ गते १४:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् ।
उनी पोखराबाट काठमाडौंका लागि सडकमार्ग हुँदै आउन लागेका हुन् ।
लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा छाड्ने आदेश गरेको थियो । अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर उनी बिहीबारनै रिहा भएका थिए ।
लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा पनि मुद्दा दर्ता भएको छ । त्यसका लागि उनी आज अदालत उपस्थित हुने तयारी थियो । तर सडकमार्ग हुँदै काठमाडौं आइरहेकाले आजै अदालतमा उपस्थित हुने सम्भावना निकै कम रहेको बुझिएको छ ।
सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया