रवि सडकमार्ग हुँदै काठमाडौं आउँदै
मेरोन्यूज
२०८१ पुष २६ गते १४:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् ।
उनी पोखराबाट काठमाडौंका लागि सडकमार्ग हुँदै आउन लागेका हुन् ।
लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा छाड्ने आदेश गरेको थियो । अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर उनी बिहीबारनै रिहा भएका थिए ।
लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा पनि मुद्दा दर्ता भएको छ । त्यसका लागि उनी आज अदालत उपस्थित हुने तयारी थियो । तर सडकमार्ग हुँदै काठमाडौं आइरहेकाले आजै अदालतमा उपस्थित हुने सम्भावना निकै कम रहेको बुझिएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया