अमेरिकाको डढेलोमा मर्नेको संख्या १० पुग्यो

लस एन्जलस । अमेरिकाको लस एन्जलस सहरमा डढेलोका कारण लाखौं मानिस त्रस्त बनेका छन् । डढेलो सुरु भएको ४ दिन बितिसक्दा पनि नियन्त्रणमा आउने कुनै संकेत देखिएको छैन ।
यस्तोमा बिहीबार मध्याह्न डढेलोसम्बन्धी टेक्ष्ट अलर्टले सो क्षेत्रमा अर्को त्रास फैलायो । अलर्ट त्रुटिबस लाखौं मानिसको मोबाइलमा गएको थियो । सन्देशमा जोखिमयुक्त ठाउँ छाडेर जान भनिएको थियो । त्यसपछि मानिसहरू आफू खतरामा छु कि छैन भनेर सोधखोज गर्न लागे । तर केही समयपछि सो अलर्ट सच्चिएर आयो । तर यसपछि सर्वसाधारणमा एक खाले क्रोध देखा परेको छ ।
यस्तो विपद्को समयमा जिस्किएको भन्दै सर्वसाधारण रिसाएरहेका छन् । डढेलोमा परेर मर्नेको संख्या १० पुगेको छ । यो अहिलेसम्म पुष्टि भएको संख्या हो । यो संख्या अरु बढ्ने अनुमान गरिएको छ । आगो अनियन्त्रित बन्दै जाँदा आगोमा चपेटामा आएका मान्छेको ज्यान जोगाउन र सम्पत्ति बचाउन दुष्कर बन्दै गइरहेको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया