आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको चौथौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको ठूलो भूमिका रहेको बताए ।अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्दै अगाडि बढ्ने बताए ।
“पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण खम्बाको रूपमा रहेको छ, यस क्षेत्रमा देखिएका समस्याको दिर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध छ”, उनले भने । वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्या बुझ्ने र समाधान गर्ने प्रयासहरू शुरू भइसकेको उल्लेख गरे ।
मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने उनको भनाइ छ । मन्त्री पौडेलले नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके धेरैभन्दा धेरै पर्यटकहरू भित्रिने बताए ।















रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया