विश्वकप क्रिकेट खेल्ने टोली आज मलेसियाँ जाँदै

काठमाडौं । आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ ।
मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ ।
महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् । विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ ।
क्यानका अनुसार १६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डको टिम रहेका छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य भने नयाँ प्रतिद्वन्द्वी टोली हुन् ।
नेपालले माघ ५ बाट बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । यसैगरी नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्ने तालिका तय भइसकेको छ ।
नेपाली टोलीः
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुवँर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया