एकै दिन कैलालीबाट लागूऔषधसहित ९ जना पक्राउ

धनगढी । कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ ब्यरेल नजिकबाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरी ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।
यसैगरी कैलारी गाउँपालिका–७ कटानी पुल नजिकबाट कैलारी गाउँपालिका–२ बस्ने २० वर्षीय अविनाश चौधरीले चलाएको से ७ प २४०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा अविनाश र मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० कै दिनेश चौधरीको साथबाट ४१० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाईकलसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने ३८ वर्षीय दिपक भट्ट ओनरेक्स नामक १५ बोतल लागूऔषधसहित पक्राउ परेका छन्। भट्टलाई वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया