संसदमा तालाबन्दी गरेर सरकारले अध्यादेश ल्यायोः सोभिता गौतम

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ ।
मंसिरमा नै बोलाउनु पर्ने हिउँदे अधिवेसन माघ लाग्न थालिसक्दा पनि सरकारले आब्हान नगरेको भन्दै असन्तुष्टी बढदै गएको हो ।
यसै बिच, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले संसद बैठक आब्हान नगरी अध्यादेश जारी गरेकोमा आपत्ति जनाएकी छिन् ।
‘मुलुकको कानुन निर्माण गर्ने जननिर्वाचित सर्वोच्च संस्था संघीय संसद २०८१ भदौ ३१ गतेदेखि तालाबन्दीमा छ,’ उनको असन्तुष्टी छ, ‘मंसिर मै संसद अधिवेशन आह्वान हुनुपर्ने तर माघको चिसोले पनि सरकारको संवेदनशीलता झक्झक्याउन सकेको छैन।’
उनका अनुसार संसदलाइ पन्छाएर सरकारले अध्यादेशमार्फत सरकार चलाउन लागेको छ । ‘ सरकार संसदलाई पन्छाउँदै अध्यादेशमार्फत शासन सत्ता संचालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख छ,’ उनले भनेकी छिन, ‘हामीलाई विश्वास छ कि सम्माननीय राष्ट्रपतिज्यूले संसद छलेर सरकारले ल्याएका अध्यादेशलाई जारी गर्न अस्वीकार गर्नुहुनेछ।’









भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया