सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री दृढ देखिनुपर्छ : पुष्पकुमार शाही

काठमाडौं । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले प्रधानमन्त्री केपी शर्मा ओली सात बुँदे सहमति कार्यान्वयनमा दृढ हुनुपर्ने बताएका छन्। काठमाडौंको धुमबाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले उक्त कुरा बताएका हुन्।
कांग्रेस-एमालेबीच सत्ता गठबन्धन हुँदै गर्दा सहमति गरिएका साँतै बुँदा अक्षरश: पालना गर्न सरकार प्रतिवद्ध हुनुपर्ने उनले बताए।
‘प्रधानमन्त्रीले नै राष्ट्रियसभाका कारण संविधान संशोधन गर्न गाह्रो हुन्छ। अब २०८७ मा मात्र संशोधन हुन्छ भन्नु गठबन्धनको भावना विपरित हो। उहाँले सत्तारुढ दल कांग्रेसको आफूलाई साथ छ। गठबन्धनको भावना विपरित बोल्नु हुँदैन। सहमतिका बुँदा कार्यान्वयनमा केन्द्रीत हुनुपर्छ भन्ने हेक्का राख्नुपर्छ,’ उनले भने।
कांग्रेस सभापति शेरबहादुर देउवाले कतै सत्ता सहयात्राका विषयमा टिप्पणी नगर्दा प्रधानमन्त्रीले अनावश्यक बोलिरहनु उपयुक्त नहुने उनको भनाइ छ। गठबन्धन लगका कुनै पनि नेतालाई मनलाग्दी अभिव्यक्ति नदिन उनले आग्रह गरेका छन्।
दुई ठूला दल एक ठाउँमा आउँदा जनतामा विकास र समृद्धिको आसा जागेकोमा त्यसलाई मर्न दिन नहुने उनी बताउँछन्।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया