सोमबार, वैशाख २९, २०८२

सरकारले माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउँदै

मेरोन्यूज २०८१ पुष २८ गते १८:३१

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ ।

आइतबार विभागले पत्रकार सम्मलेन गर्दै ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भूकम्प सुरक्षा दिवस मनाउन लागेको जानकारी दिएको हो ।

विज्ञप्तीमा लेखिएको छ,‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ देशब्यापी रुपमा विविध कार्यक्रमहरु संचालन गरी २७ औं भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ ।’

विभागका अनुसार यस दिवसको मूल समारोहको कार्यक्रम कीर्तिपुर नगरपालिका स्थित वि.पी. कोइराला मेमोरियल विज्ञान संग्राहलय परिसरमा आयोजना गरिनेछ । यस दिन कीर्तिपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामबद्ध भई भूकम्प सुरक्षा प्यालीमा भाग लिनेछन् । कीर्तिपुरको पाँगा दोबाटोबाट शुरु भएर उक्त र्याली पाँगा बसपार्क, लाछी भ्यावं, नगाउँ, खसी बजार, बाघ भैरव मन्दिर, इट्टाछे, मंगल स्कूल, नगरपालिका भवन हुँदै कार्यक्रम स्थल आइपुग्ने छ ।

कार्यक्रम स्थलमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिने र सो कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने बिभिन्न संघसस्थाहरुको पनि सहभागिता रहने विभागले जनाएको छ ।

प्रतिक्रिया