२६ सय विन्दु तल झर्यो नेप्से

काठमाडौं। यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अंकले घटेर २५ सय ९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न तीन सय २२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता शेयर ६४ हजार दुई सय ७८ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ६५ करोड आठ लाख ८३ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ८९, होटल तथा पर्यटन एक दशमलव ३६ र वित्त समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५८, जलविद्युत् शून्य दशमलव ४९, लगानी शून्य दशमलव ६० र जीवन बीमा शून्य दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।
आज बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ४५ करोड २५ लाख ५१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्र्रे बैंक प्रमोटर शेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ ।















रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया