महा कुम्भ : मकर सङ्क्रान्तिमा बिहान १०.३० बजेसम्म १ करोड ३८ लाख भक्तजनले गरे सङ्गममा स्नान

प्रयागराज (उत्तर प्रदेश, भारत) । महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजे (स्थानीय समय) सम्म एक करोड ३८ लाख श्रद्धालुले यहाँ सङ्गममा पवित्र स्नान गरेको अधिकारीहरूले बताएका छन् ।
विश्वकै सबैभन्दा ठूलो जमघटको पहिलो दिनमा एक करोड ५० लाखभन्दा बढी तीर्थयात्रीले सङ्गममा पवित्र स्नान गरेका थिए ।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मङ्गलबार पहिलो ‘अमृत स्नान’ मा सहभागी भएका सबै भक्तजनलाई हार्दिक बधाई दिएका छन् ।
एक्समा पोस्ट गर्दै मुख्यमन्त्री योगीले यस पवित्र कार्यक्रमलाई भारतको सनातन संस्कृति र आस्थाको जीवन्त प्रमाणको रूपमा वर्णन गरे । “यो हाम्रो सनातन संस्कृति र आस्थाको जीवन्त रूप हो । आज लोक आस्थाको महान् पर्व ‘मकर सङ्क्रान्ति’ को शुभ अवसरमा महाकुम्भ–२०२५, प्रयागराजको त्रिवेणी सङ्गममा पहिलो ‘अमृत स्नान’ गरी पुण्य कमाउने सबै श्रद्धालुलाई बधाई !” उनले भने ।
यसअघि मुख्यमन्त्रीले मकर सङ्क्रान्तिमा राज्यका जनतालाई शुभकामना दिँदै भने, “राज्यका जनता, सबै पूज्य सन्त, भक्त र अनुयायीहरूलाई मकर सङ्क्रान्तिमा हार्दिक बधाइ ! यो ब्रह्माण्डका पिता सूर्य भगवान्प्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो ।”
सनातन धर्मका १३ अखाडाका साधुहरूले त्रिवेणी सङ्गममा पवित्र स्नान गरिरहेका छन् ।
आफ्नो तेस्रो कुम्भ मेलामा सहभागी हुँदै एक विदेशी श्रद्धालुले भने, “म यसलाई शब्दमा वर्णन गर्न सक्दिनँ । यो मेरो तेस्रो कुम्भ हो । म सन् २०१० मा हरिद्वार, २०१३ मा प्रयागराज र अहिले फेरि यहाँ आएँ । यहाँ सबै उन्माद छ तर त्यसभित्र केही यस्तो छ जो परिवर्तन हुँदैन… सौभाग्यवश, यहाँ भीड नियन्त्रण गर्न धेरै प्रहरी कर्मचारी छन्… यहाँ तपाईं केवल प्रवाहसँगै बग्न सिक्नुहुन्छ ।”
महानिर्वाण अखाडाका महामण्डलेश्वर स्वामी चिदम्बरानन्दले कुम्भलाई भारतीय सभ्यताको भव्यताको अनुभव भने ।
“हामी भारतीय सभ्यताको भव्यता अनुभव गर्छौं । करोडौँ मानिसले हाम्रो संस्कृतिको गौरव देखिरहेका छन् । चारैतिर खुशी र उत्साह छ । मानिसहरू जाडो बिर्सेर बिहान २ बजेदेखि नै सन्तहरूको दर्शनका लागि पर्खिरहेका छन्”, उनले भने, “यहाँ अविश्वसनीय दृश्यहरू छन् । जसले जातीय विभेद सिर्जना गर्छन् र हाम्रो धर्मलाई दोष दिन्छन्, उनीहरू यहाँ आएर हेरून् कि करोडौँको भीडमा न त कुनै ब्राह्मण छन् न शूद्र, केवल हिन्दू र हिन्दू संस्कृति मात्र छ ।”
कुम्भमा सहभागी एक विदेशी श्रद्धालुले भने, “महाकुम्भ केवल भारतको मात्र होइन, सम्पूर्ण विश्वको अवसर हो ।”
















पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया