गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
मेरोन्यूज
२०८१ माघ १ गते १८:५१

काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्नका अनुसार जिकैको जङ्गलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको उनले बताए ।
यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन् । लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन् । परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया