कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला-२०८१ को आयोजना गरिएको छ ।
कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अग्र्यानिक खाद्य, पोषण कर्नर, अग्र्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन् ।
‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला नेपाल मौरी पालन कृषक महासंघ कर्णाली प्रदेशको आयोजनामा मंगलबारदेखि सुरु भएको हो । यही माघ ३ गतेसम्म सञ्चालन हुने प्रादेशिक मह मेलाको शुभारम्भ गदै कर्णाली सरकारका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले गर्दै उत्पादनका हिसाबले अत्यन्तै पवित्र मानिने मौरीको मह प्रदर्शनी मेलाले कर्णालीको उत्पादन, मूल्य शृङ्खला, महत्त्व र यसको पहिचान देश विदेशमा पुग्ने बताए । उनले मह उत्पादक किसानलाई नयाँ-नयाँ प्रविधि, ज्ञान, औजार सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए ।
नेपाल मौरी पालन कृषक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लीलाराम ढकालले मेलामा ३२ प्रदर्शनी कक्ष राखिएको जानकारी दिँदै यसबाट मह उत्पादक किसानलाई प्रवर्द्धन हुने बताए ।












पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया