रूकुम पूर्वका लागि चामलको कोटा स्वीकृत, एक हजार क्विन्टल चामल ढुवानी हुने

रुकुमपूर्व । रुकुम (पूर्व) का लागि एक हजार क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरी स्वीकृत गरेको हो । योसँगै रुकुमकोटबाट खाद्यको चामल बिक्री वितरण गर्न शुरुसमेत गरिएको छ ।
लिमिटेडले जिल्लाको दुई ठाउँमा खाद्यको चामल आपूर्ति गर्ने गरेको छ । जिल्ला सदरमुकाम रुकुमकोट र पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरामा आपूर्ति हुने गरेको खाद्य कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षका लागि रुकुमकोटमा ५०० क्विन्टल र तकसेराका लागि ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।
जिल्लामा छुट्टै खाद्यको शाखा कार्यालय स्थापना नहुँदा अहिले रुकुम (पश्चिम) शाखा वितरण कार्यालयमार्फत रुकुम (पूर्व) मा चामल आपूर्ति भइरहेको छ । दुईवटा जिल्लाको काम एकै ठाउँबाट गर्न असहज भए पनि अहिले दुईवटा जिल्लामा चामल आपूर्तिको काम गर्नुपर्ने बाध्यता रहेको रुकुम (पश्चिम) खाद्य डिपो कार्यालयका निमित्त शाखाप्रमुख चन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार रुकुम (पूर्व) मा ४२० क्विन्टल खाद्यको चामल आइसकेको छ भने बाँकी चामल आउन बाँकी छ । तकसेरामा ३६० क्विन्टल र रुकुमकोटमा ६० क्विन्टल चामल पुगिसकेको छ । जिल्लामा ५८० क्विन्टल चामल भित्रिन बाँकी रहेको रुकुम (पश्चिम) डिपो कार्यालयका निमित्त प्रमुख खड्काले बताए । बाँकी चामल असार मसान्तभित्रै जिल्लामा ल्याइसक्ने उनको भनाइ छ ।
जिल्लामा मोटो चामल, सोना मन्सुली र जिरा मसिना चामल आइपुगेको छ । रुकुमकोटमा भने सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित समथिङ स्टोर पसलबाट खाद्यको चामल बिक्री वितरण भइरहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिए ।तकसेरामा भने पहिलो चरणमा पुगेको चामल बिक्री भइसेकेको छ ।
ठेक्कामार्फत वितरण रुकुम (पूर्व) मा लिमिटेडको छुट्टै शाखा कार्यालय स्थापना नहुँदा ठेकेदारमार्फत चामल आपूर्तिको काम भइरहेको छ । यसपालि रुकुमकोटका लागि राप्ती बहुसेवा प्रालि र तकसेराका लागि एमवी बिल्डर्सले खाद्यको चामल आपूर्तिको जिम्मा पाएका थिए । जिल्लामै कार्यालय नभएपछि विकल्पका रुपमा ठेकेदारमार्फत चामल आपूर्ति र वितरणको काम गर्नुपर्ने बाध्यता भएको शाखा कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रमुख खड्काले बताए ।
रुकुम (पूर्व) मै शाखा कार्यालय स्थापना गर्न पहल गरिए पनि सुनुवाइ नभएको यहाँका सरोकारवालाले बताएका छन् । ठेकेदारमार्फत खाद्यको चामल वितरण गर्दा ढुवानीदेखि लिएर बिक्री वितरणमा भने अपेक्षित रुपमा सहज नभएको उपभोक्ताहरुले बताएका छन् । रुकुम (पूर्व) का लागि स्वीकृत भएको एक हजार कोटा चामल यहाँका लागि पर्याप्त भने होइन ।
भौगोलिक हिसाबले विकट यस क्षेत्रका सबै ठाउँमा सडक पुगेका छैनन् । अहिले खाद्यको चाम सडक सुविधा पुगेका ठाउँका नागरिकले मात्र प्रयोग गर्दै आएका छन् । सडक नपुगेका ठाउँमा खाद्यको चामल पु¥याए पनि खोडा खच्चडमार्फत ढुवानी गर्ने हुँदा महँगो पर्ने गरेको गुनासो उपभोक्तहरूको छ ।

















इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
प्रतिक्रिया