त्रिविका परीक्षा नरोकिने
एउटा सिटमा एक जना राखेर परीक्षा सञ्चालन गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि हुने नियमित परीक्षा नरोक्ने जनाएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले सोमबारबाट नै सबै परीक्षा स्थिगित गर्न मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । तर त्रिविले भने नियमित परीक्षा नरोक्ने जनाएको छ ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भोलि हुने परीक्षा सञ्चालन हुने बताउँछन् । उनका अनुसार भोलीबाट रोक्न मन्त्री परिषदमा सीसीएमसीले सिफारिस मात्र गरेको हो त्यसको निर्णय मन्त्री परिषदले गरेको छैन् ।
‘यदि मन्त्रीपरिषदले रोक्न भने पछि पनि त्रिविको थप बैठक बसेर मात्र परीक्षा रोक्छौं’, उनले भने । हाल स्नातक दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ । सबैभन्दा बढी परिक्षारर्थी भएको बिबिएस (व्यवस्थापन) संकायको परीक्षा आइतबारबाट सकिएको छ । भने अन्य संकायमा थोरै परीक्षार्थी रहेको हुदाँ एउटा सिटमा एक जना राखेर परीक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया