पाँच महिनामा विदेश अध्ययनमा नेपालीले गरे ४७ अर्ब ३४ करोड खर्च

काठमाडौं ।देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थान सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन्।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले बढेर ८५ अर्ब एक करोड पुगेको छ।
त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड थियो।गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक प्रतिशतले बढेर ३५ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो।










६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया