राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
मेरोन्यूज
२०८१ माघ ४ गते १४:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए।
उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौँ-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया