सोमबार, जेठ ५, २०८२

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा

मेरोन्यूज २०८१ माघ ४ गते १६:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

शुक्रबार विपक्षी दलहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु नै उपयुक्त हुने प्रचण्डले बताए ।

‘संविधान संशोधन त प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको छ,’ उनले भने, ‘नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।’

प्रचण्डले सरकारले संसद अधिवेशन नबोलाए विशेष अधिवेशन मात्रै नभइ आवश्यक परेको खण्डमा सडकमै पुग्न पनि सक्ने चेतावनी दिए।

प्रतिक्रिया