डिभोर्सको हल्लाबीच एलिनाले ल्याइन् ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’

काठमाडाैं । गायिका एलिना चौहानले नयाँ गीत सार्वजनिक गरेकी छन्।
उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ बोलको गीत सार्वजनिक गरेकी हुन्। गीतको भिडियोमा पनि उनी देखिएकी छन् ।
यतिबेला श्रीमान विष्णु सापकोटासँग एलिनाको सम्बन्ध बिग्रेको चर्चा छ । यहीबीच उनले ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ गित ल्याएपछि डिभोर्सको हल्लालाई थप बल पुगेको छ।
रोशन सिंहको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ। महेश महराले छायांकन गरेको गीतको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन्। गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।
करिब १ वर्षअघि अस्ट्रेलिया बस्दै आएका विष्णुसँग एलिनाकाे विवाह भएको थियो । केही समयको प्रेमपछि उनीहरु विवाह बन्धनमा बाँधिकएका थिए ।
विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिइन्। तर छोटो समयमै नेपाल फर्किइन् र यहाँबाट फिर्ता गएकी छैनन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया