सोमबार, चैत २, २०८२

यातायात कार्यालय धनगढीद्वारा ३६ करोड राजस्व सङ्कलन

मेरोन्यूज २०८१ माघ ४ गते २०:२२

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु. ३६ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट रु. ३६ करोड ९९ लाख ९१ हजार छ सय ९५ राजस्व संकलन गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार पालीले कार्यालयले सवारीसाधन करबाट सबैभन्दा बढी रु. २७ करोड ६६ लाख ४४ हजार चार सय ७० राजस्व संकलन गरेको जानकारी दिए । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु पाँच हजार चार सय राजस्व संकलन गरेको छ ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. आठ करोड ७४ लाख १९ हजार नौ सय ९५, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको)बाट रु. ५१ लाख २५ हजार ३० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु सात लाख ९६ हजार आठ सय राजस्व संकलन गरेको छ । 

चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म रु. शून्य रहेको कार्यालयका प्रमुख पालीले बताए । कार्यालयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट रु. ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको थियो भने बेरुजु रकम रु एक लाख १९ हजार एक सय रहेको थियो । 

प्रतिक्रिया