मधेश सरकारले मनाउँदै बलिदानी दिवस

काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गर्दै मधेश सरकारले दिवस मनाउन लागेको मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ।
बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदको सम्झनामा एक लाख दिप प्रज्वलन गर्ने बताइएको छ।
२०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ।
माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो।
सो दिनलाई स्मरण गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया