गण्डकीका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव आज टेबुल गरिँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले दर्ता गराएको अविश्वास प्रस्तावले आज प्रदेशसभामा प्रवेश पाउँदैछ ।
आज अपराह्न २ बजेका लागि प्रदेशसभाको अधिवेशन शुरु हुँदैछ । मुख्यमन्त्री गुरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने सूचना पाएपछि यही वैशाख १ गते मध्यरातमै अधिवेशन अन्त्य गरेका थिए ।
गुरुङले अधिवेशन अत्य गरेपनि अविश्वास प्रस्ताव दर्ता गराएका कांग्रेस र माओवादीका सांसदले प्रदेशसभाका प्रमुखसँग विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन दिएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले आजबाट विशेष अधिवेशन बोलाउने गरी मिति तोकेका थिए ।
आज पहिलो दिन मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वास प्रस्ताव टेबल भएपछि सबै दलका नेताले आफ्ना धारणा राख्ने र भोलि उनले जवाफ दिने कार्यसूची तय भइसकेको छ।
मुख्यमन्त्रीको जवाफपछि मंगलबारै अविश्वास प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले कार्यसूची तय गरेको छ ।
कांग्रेस, माओवादी र जसपाले नयाँ मुख्यमन्त्रीमा कांग्रेसका प्रदेशसभा दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरेका छन् । राष्ट्रिय जनमोर्चाले पनि गण्डकी प्रदेशसभामा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा साथ दिने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत (बहुमत) आवश्यक हुन्छ। राष्ट्रिय जनमोर्चा, जसपाले गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने बताएपछि अविश्वास प्रस्ताव दर्ता गर्नेहरुको पक्षमा बहुमत पुग्ने देखिएको छ । अविश्वास प्रस्ताव आजबाटै टेबुल हुने भएपछि कांग्रेस, माओवादीले आफ्ना सांसदलाई अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न आन्तरिक सर्कुलर गरिसकेको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया