सोमबार, फागुन ११, २०८२

सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ

मेरोन्यूज २०८१ माघ ५ गते १०:२८

कञ्चनपुर । कञ्चनपुरमा सुकुटी सेन्टर संञ्चालन गरेर बसेकी शान्ती ऐरलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

दार्चुलाको महाकाली नगरपालिका–४ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा ४२ वर्षीया ऐरले सञ्चालन गरेको रोल्पाली सुकुटी सेन्टर होटलबाट २ दशमलव ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित बरामद भएपछि उनलाई  पक्राउ गरिएको हो।

ऐरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया