गाजामा आइतबार बिहान ८:३० बजेदेखि युद्धविराम
मेरोन्यूज
२०८१ माघ ५ गते १४:५७

गाजा। अन्ततः हमास र इजरायलका बिचमा युद्धविराम भएको छ ।
इजरायली मन्त्री परिषदले अनुमोदन गरेपछि यो युद्धविराम आइतवारवाट लागु हुने भएको हो ।
समाचार अनुसार युद्धविरामको कार्यान्वयन आइतबार बिहान ८ः३० बजे सुरु हुने कतारको विदेश मन्त्रालयले जनाएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ताले गाजाको स्थानीय समय अनुसार आइतबार बिहान ८ः३० बजेबाट गाजामा युद्धविराम सुरु हुने घोषणा गरेका हुन्।
‘हामी हाम्रा भाइहरूलाई सतर्क रहन, अत्यन्त सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट निर्देशनहरू पर्खन सल्लाह दिन्छौं,’ प्रवक्ता माजेद अल अन्सारीले अरबीमा सामाजिक सञ्जाल एक्समा लेखेका छन ।
हमास र इजरायलका बिचमा युद्बबिराम गराउन कतारले उल्लेखनीय भुमिका खेलेको छ । उसैको पहलमा १५ महिना लामो युद्द रोकिन लागेको हो । जसले मध्य पुर्वमा शान्ति छाउने विश्वास ब्यक्त गरिएको छ ।
सम्बन्धित
















दुईदिने बिदालाई कार्यान्वयन गराउन नेपाल शिक्षक महासङ्घ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया