मंगलबार, वैशाख ८, २०८३

ओलीलाई भेटेपछि वामदेवले भने- एमालेमा जाने तय भइसक्यो

मेरोन्यूज २०८१ माघ ६ गते १६:४२

काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमा जाने तय भइसकेको बताएका छन्।

Advertisement
NiccNicc

आज बालुवाटार पुगेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि गौतमले यस्तो बताएका हुन् । उनले अब आफू एमालेमै फर्किने पक्का भएको बताए।

कुन पद लिएर कहिले जाने हो भन्ने विषय भने टुंगो लागिनसकेको गौतमको भनाइ छ।

यसअघि पटक पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका गौतमले आफु नेकपा एसमा जाने निश्चित भइसकेको बताएका थिए ।

प्रतिक्रिया