पूर्व डीआईजी जोशीको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाउन आदेश
मेरोन्यूज
२०८१ माघ ६ गते १७:१५

काठमाडौं। काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका जोशीको थुनछेक बहस नसकिएपछि न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएर पठाउने आदेश गरेको हाे ।
थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।
जोशीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ ।
सम्बन्धित
प्रतिक्रिया