भेरी अस्पतालमा एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा आइतबार मात्रै कोरोना भाइरस संक्रमणबाट १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना भएका १० जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा दैनिक तीन–चार जना कोरोना संक्रमितको मृत्यु हुँदै आएकोमा आइतबार एकैदिन यति धेरै संक्रमितको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ वर्ष सुरु भएसँगै आइतबारसम्म ३७ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, ११ वैशाखसम्म बाँकेमा थप दुई हजार ९ सय तीनजनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिएका छन् ।
भेरी अस्पताल विशेष कोरोना अस्पतालको कोभिड वार्ड प्रसूतिगृहका लागि निर्माण गरिएको भवनमा सञ्चालन भइरहेको छ । एक सय ४२ बेडको वार्डका सम्पूर्ण बेड बिरामीले भरिएको छ ।













पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया