भेरी अस्पतालमा एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा आइतबार मात्रै कोरोना भाइरस संक्रमणबाट १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना भएका १० जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा दैनिक तीन–चार जना कोरोना संक्रमितको मृत्यु हुँदै आएकोमा आइतबार एकैदिन यति धेरै संक्रमितको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ वर्ष सुरु भएसँगै आइतबारसम्म ३७ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, ११ वैशाखसम्म बाँकेमा थप दुई हजार ९ सय तीनजनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिएका छन् ।
भेरी अस्पताल विशेष कोरोना अस्पतालको कोभिड वार्ड प्रसूतिगृहका लागि निर्माण गरिएको भवनमा सञ्चालन भइरहेको छ । एक सय ४२ बेडको वार्डका सम्पूर्ण बेड बिरामीले भरिएको छ ।















बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया