खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारत च्याम्पियन
मेरोन्यूज
२०८१ माघ ६ गते २१:२७

काठमाडौं । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ ।
नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अङ्कले पराजित भएको हो ।
यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अङ्कले पराजित गरेको थियो । क्वाटरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अङकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अङ्कले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अङ्कले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० अङ्कले तथा चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ अङ्कले पराजित गरेको थियो ।
अहिले नेपालको पुरुष टोलीले उपाधिका लागि आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै छ ।
सम्बन्धित
प्रतिक्रिया