कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा

झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ भलिबल प्रतियोगितामा मोरङको बेलबारी नगरपालिका र पाहुना टिम भारतको टीभीए सिक्किम फाइनलमा प्रवेश गरेका छन् ।
सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा आज भएको सेमिफाइनलमा विजयी हुँदै बेलबारी र पाहुना टिम सिक्किम फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई २५–२१, २७–२५ र २५–१७ ले पराजित गर्दै मोरङको बेलबारी नगरपालिका फाइनलमा प्रवेश ग(यो भने दोस्रो सेमिफाइनलमा शिवसताक्षी नगरपालिकालाई २५–२२, २५–६ र २५–१७ को स्कोरले पराजित गर्दै टीभीए सिक्किमले फाइनलको यात्रा तय गरेको हो । बेलबारी र सिक्किमबीच फाइनल खेल मङ्गलबार हुनेछ ।
प्रतियोगिताका विजेताले नगद रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले नगद रू ६१ हजार एक सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका संयोजक जेनिस चौलागाईले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीले ३२ इञ्चको स्मार्ट रङ्गीन टेलिभिजन र विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही रू पाँच हजार एक सय पुरस्कार प्रदान गरिने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु)ले बताए ।









सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया