ट्रम्प सरकारले पहिलो दिन गर्याे ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग साेधपुछ गरिने

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।
न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन् । देशका विभिन्न भागबाट यस्ता अबैध आप्रवासी पक्राउ परेका हुन् । यी गैरकानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ । तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ।
होमनले बुधबार भने कि अध्यागमन अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका छन्। उनीहरुको जनसंख्या ७ लाखभन्दा बढी रहेको छ, जो पक्राउ गर्नका लागि छापामारी सुरू भएको छ।
रिपोर्टका अनुसार ट्रम्पको सपथ लगत्तै अमेरिकाका धेरै राज्यहरूमा छापा मार्ने काम सुरू भइसकेको छ र आप्रवासीहरूसँग ठूलो मात्रामा सोधपुछ भइरहेको छ।
राष्ट्रपति चुनाव जितेको केही दिनपछि ट्रम्पले पूर्व अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) प्रमुख टम होमनलाई ‘बोर्डर जार’ नियुक्त गरेका थिए। होमनले गत हप्ता घोषणा गरेका थिए कि ट्रम्पको शपथको भोलिपल्ट देखी नै कागजातविहीन आप्रवासीहरूको व्यापक राष्ट्रव्यापी खोज र गिरफ्तारी सुरु गर्नेछन्, नभन्दै अहिले अमेरिकामा छापामारी र सोधपुछ सुरू भएको छ ।
सोमबार सपथ लिएपछि ट्रम्पले धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमध्ये अवैध आप्रवासीलाई प्रवेशमा रोक लगाउने र सीमामा सुरक्षा व्यवस्था कडा पार्ने जस्ता आदेश थिए । सपथका बेला पनि ट्रम्पले अवैध आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने कुरा गरेका थिए । उनले चाँडै नै अमेरिकी इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान सुरु हुने बताएका थिए ।
प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा विश्वमा सबैभन्दा धेरै आप्रवासी छन् । विश्वका कुल आप्रवासीहरूमध्ये २० प्रतिशत अमेरिकामा मात्रै बस्छन्। सन् २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीको कुल संख्या ४.७८ करोड थियो। अन्य देशका मानिसहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अपराध गर्ने ट्रम्पको विश्वास छ । त्यसैले उनी तिनिहरुलाइ देश निकाला गराउन चाहान्छन् ।













६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया