अमेरिकामा हिमआँधी कारण १० जनाको मृत्यु

वासिंगन डिसी। अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्।
अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ ।
समाचार अनुसार टेक्सासको राजमार्गमा हिमपातका कारण भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो भने अलाबामामा पनि आँधीका कारण २ जनाको मृत्यु भएको छ । जर्जियामा हाइपोथर्मियाका कारण एक जनाको मृत्यु भएको र बाँकी अन्य राज्यमा भएको थियो ।
धेरै ठाउँमा कीर्तिमानी हिमपातका कारण विद्यालय र सरकारी कार्यालय बन्द भएका छन् । यसअघि अमेरिकाको नेशनल वेदर सर्भिसले हिउँ आँधीका कारण अमेरिकाको दक्षिणपूर्वी राज्यहरूमा भारी हिमपात, असिना र हिमपात हुन सक्ने चेतावनी दिएको थियो ।
सडक अवरुद्ध भएपछि अमेरिकाको टेक्सासदेखि फ्लोरिडासम्मको जनजीवन ठप्प भएको छ । हिमपात रोकिए पनि सडक खुल्न र हवाई सेवा सुरु हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।
अमेरिकाका धेरै राज्यहरू अहिले कडा चिसो हावासँग संघर्ष गरिरहेका छन्। यसको मुख्य कारण ध्रुवीय भोर्टेक्स भएको मानिन्छ। ध्रुवीय भोर्टेक्समा हावा घडीको उल्टो दिशामा बग्छ। ध्रुवीय भोर्टेक्स, यसको भौगोलिक संरचनाको कारण, सामान्यतया उत्तरी ध्रुव वरिपरि घुम्छ। तर जब यो दक्षिणतिर सर्छ, यसले अमेरिका, युरोप र एसियामा कडा चिसो ल्याउँने गर्छ। जसको प्रत्यक्ष असर अमेरिकाले भोगीरहेको छ ।













भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
चितवनमा थपिए ३४ मतदान केन्द्र
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया