कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की

काठमाडौं। भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ ।
पाकिस्तानबाट इमेलमार्फत उनलाई धम्की आएको हो । कपिलसहित अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र हास्य कलाकार सुगंधा मिश्रालाई पनि धम्की छ ।
इमेलमा लेखिएको छ- ‘हामी तपाईंको गतिविधिमा नजर राखिरहेका छौं। हामीले तपाईंको ध्यानाकर्षणमा एउटा संवेदनशील विषय ल्याएका छौं। यो सार्वजनिक स्टन्ट वा तपाइँलाई हैरानी गर्ने प्रयास होइन। हामी तपाईंलाई यो धेरै गम्भीरताका साथ लिन र गोपनीयता कायम राख्न अनुरोध गर्दछौं।’
इमेलको अन्त्यमा लेखिएको छ- ‘यदि यसो गरिएन भने यसले तपाईको व्यावसायिक र व्यक्तिगत जीवनलाई असर गर्न सक्छ । हामी अर्को ड घण्टा भित्र यस इमेलको जवाफ चाहन्छौं। यदि तपाईंले यो गर्नुभएन भने, तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुभएन भनेर हामी मान्नेछौं। हामी तपाई विरुद्ध कारबाही गर्नेछौं। हामी बिश्नोई होइनौं।’
यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यद्यपि यसबारे कपिल शर्मा, राजपाल यादव वा रेमो डिसुजाबाट कुनै आधिकारिक बयान आएको छैन।
कपिल यतिबेला ‘द ग्रेट इन्डियन कपिल शो’ होस्ट गरिरहेका छन्।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया