कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की

काठमाडौं। भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ ।
पाकिस्तानबाट इमेलमार्फत उनलाई धम्की आएको हो । कपिलसहित अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र हास्य कलाकार सुगंधा मिश्रालाई पनि धम्की छ ।
इमेलमा लेखिएको छ- ‘हामी तपाईंको गतिविधिमा नजर राखिरहेका छौं। हामीले तपाईंको ध्यानाकर्षणमा एउटा संवेदनशील विषय ल्याएका छौं। यो सार्वजनिक स्टन्ट वा तपाइँलाई हैरानी गर्ने प्रयास होइन। हामी तपाईंलाई यो धेरै गम्भीरताका साथ लिन र गोपनीयता कायम राख्न अनुरोध गर्दछौं।’
इमेलको अन्त्यमा लेखिएको छ- ‘यदि यसो गरिएन भने यसले तपाईको व्यावसायिक र व्यक्तिगत जीवनलाई असर गर्न सक्छ । हामी अर्को ड घण्टा भित्र यस इमेलको जवाफ चाहन्छौं। यदि तपाईंले यो गर्नुभएन भने, तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुभएन भनेर हामी मान्नेछौं। हामी तपाई विरुद्ध कारबाही गर्नेछौं। हामी बिश्नोई होइनौं।’
यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यद्यपि यसबारे कपिल शर्मा, राजपाल यादव वा रेमो डिसुजाबाट कुनै आधिकारिक बयान आएको छैन।
कपिल यतिबेला ‘द ग्रेट इन्डियन कपिल शो’ होस्ट गरिरहेका छन्।
















पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया