मंगलबार, वैशाख ८, २०८३

देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष राउत

मेरोन्यूज २०८१ माघ १० गते २०:४७

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

Advertisement
NiccNicc

बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको बताए ।

उनले भने, ‘मधेसवादी दलहरु एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दलहरु आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा बिरलै हुने कुरा हो । दुई वटा विपरित धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन । जुन किसिको ऐनहरु अहिले संशोधन गर्न लागेका छन्, यसले के स्पष्ट हुन्छ भने यहाँ दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र हुँदैछ । मधेस केन्द्रित दलहरु मात्रै होइन, ति दुई दलहरु बाहेक अरु सबै दलहरु मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’

अध्यक्ष राउतले व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको उल्लेख गर्दै उनले दुई वटा विपरित धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताए ।

प्रतिक्रिया