सभापति कपमा संकटा सेमिफाइनलमा

काठमाडौँ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा विहीबारदेखि सभापति कप फुटबल प्रतियोगिता सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको सभापति कप फुटबलको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । प्रतियोगिता अन्तर्गत विहीबार भएको उद्घाटन खेलमा संकटा क्लबले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । संकटालाई सेमिफाइनल पु¥याउन जित निकाल्ने क्रममा अबेका रिचर्डले २ गोल गर्दा चन्दन दासले एक गोल थपेका थिए ।
खेलको २१औं मिनेटमा अबेकाले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल गरेको थियो । ७०औं मिनेटमा अबेकाले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । त्यसको २ मिनेटपछि नै चन्दस दासले गोल गरेपछि संकटाले ३–० को अग्रता बनायो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै संकटाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
संकटाले सेमिफाइनलमा मच्छिन्द्र र एपीएफ क्लबबीचको विजेतासँग खेल्ने छ । मच्छिन्द्र र एपीएफबीचको खेल शुक्रबार अपरान्ह साढे ५ बजेदेखि सुरु हुने छ । तालिका सार्वजनिक गर्दा सेमिफाइनल र फाइनल खेलमात्रै फलर्ड लाइटमा सञ्चालन गर्ने भनिए पनि आयोजकले समय तालिका परिमार्जन गर्दै अब शुक्रबारदेखि फाइनलसम्मका सबै खेल फलर्ड लाइटमै सञ्चालन गर्ने जानकारी गराएका छन् । ८ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि बिजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ ।
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया