काठमाडौँमा एकैदिन १५६७ जनामा कोरोना पुष्टि
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को केन्द्र बनेको काठमाडौँमा पछिल्लो २४ घण्टामा १५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, काठमाडौँ उपत्यकाको अन्य दुई जिल्ला ललितपुरमा २ सय २३ र भक्तपुरमा एक सय २२ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल ६ सय ४४ जना संस्थागत आइसोलेशन, ९४ जना आइसियू र ४३ जना भेन्टिलेटरमा उपचारारत रहेका छन् । नेपालमा हाल काठमाडौँ उपत्यकासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । बाँकेमा आज एकैदिन ३ सय ७ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४ सय पिसिआर र ८९३ जनाको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ३ हजार ५ सय ५६ संक्रमित पुष्टि भएको हो । यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया