कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना

मान्म (कालीकोट)। जिल्लमको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो ।
गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । शुभकालिका गाउँपालिका वडा नं २ का वडाध्यक्ष मनबहादुर शाहीले “गाउँका नागरिकले यसअघि चामल लिनका लागि सदरमुकाम मान्म जानुपर्ने बाध्यता रहेको थियो”, उनले भने, “सदरमुकाममा खाद्यान्न लिनका लागि खाद्यान्नको भन्दा महँगो गाडी भाडा तिर्नुपर्ने अवस्था थियो । ”
गाउँपालिकाको पहलमा केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने वडाध्यक्ष उनले जानकारी दिए । स्थानीय तहसँग मिलेर नागरिकलाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखाले जनाएको छ ।













सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया