फुडमाण्डु अब बुटवलमा पनि

बुटवल । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवाको सुरुवात गरेको छ । आज बिहीबार बुटवलको डि क्राउन इनमा आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ३ लाखभन्दा बढी ग्राहकवर्गलाई सेवा पु¥याउँदै आएको छ ।
कम्पनीले हालै ʻवानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ जसले किराना तथा अन्य उपभोग्य वस्तुहरुको तुरुन्त डेलिभरी गर्दछ ।
बुटवलमा आयोजित उद्घाटन कार्यक्रममा फुडमाण्डुकी ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले आफ्नो विचार राख्दै भने, ‘हामी फुडमाण्डुलाई बुटवलमा पनि ल्याउन पाउँदा उत्साहित छौं । अब बुटवलवासीहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नुहुनेछ । हामी बुटवल र आसपासका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्न निकै उत्सुक छौं ।’
त्यसैगरी कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले आफ्नो विचार राख्दै भने, ‘बुटवलमा फुडमाण्डुको सेवा विस्तार गर्नु हाम्रो लागि एक महत्वपूर्ण उपलब्धि हो । पार्टनर रेस्टुरेन्टहरूको बलियो सञ्जाल र गुणस्तरीय सेवाप्रति प्रतिबद्धतासहित हामी बुटवलका बासिन्दाहरूलाई उत्कृष्ट फुड डेलिभरी अनुभव प्रदान गर्न उत्साहित छौं ।’
फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरिसकेको छ। यी रेस्टुरेन्टहरूमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैना मैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ ।
रेस्टुरेन्टको नेटवर्क विस्तार गर्ने योजनाअनुसार बुटवलवासीहरूले अब विविध स्वादका खानाहरू घरमै अर्डर गरी आनन्द लिन सक्नेछन् ।
बुटवल लन्चको खुसीयालीमा फुडमाण्डुले ‘HiButwal’ प्रोमो कोड सार्वजनिक गरेको छ । यो प्रोमो कोड मार्फत बुटवलका ग्राहकहरूले फुडमाण्डु एप प्रयोग गरी प्रत्येक अर्डरमा ३०% (अधिकतम रु.२५० सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर माघ महिनाभरका लागि लागू हुनेछ ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया