चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् ।
नेपालको उद्योग क्षेत्रको विकासमा पु–याएको योगदानको कदरस्वरूप तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड, २०८१ कार्यक्रममा मल्ललाई सम्मान गरिएको हो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्त रूपमा सम्मान गरे ।
व्यावसायिक नेतृत्वमा रहेर पनि मल्लले सामाजिक क्षेत्रमा योगदान पु–याउनु भएकाले मल्ललाई सम्मान गरिएको आयोजकको भनाइ छ ।
विगत ४० वर्षदेखि व्यावसायिक क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएका मल्लले सामाजिक क्षेत्रमा समेत विभिन्न अभियान चलाउँदै आइरहेका छन् ।
सम्मानपछि मल्लले सामाजिक क्षेत्रमा थप काम गर्न आफूलाई प्रेरणा मिलेको बताए ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया